यस्तो छ नेकपा एकीकृत समाजवादीले आज गरेका निर्णय

यस्तो छ नेकपा एकीकृत समाजवादीले आज गरेका निर्णय

नेकपा एकीकृत समाजवादीको केन्द्रीय सचिवालयको आज बसेको बैठकले विभिन्न निर्णय गरेको छ । पाँच वटा बुँदामा गरिएका निर्णयको पहिलो बुँदामा महानगर तथा उपमहानगरपालिकामा गठबन्धन भएका स्थानमा गठबन्धनका उम्मेदवारहरुलाई जिताउन सम्पूर्ण शक्ति केन्द्रित गर्ने भनिएको छ ।

त्यसैगरी पार्टीले गठबन्धन भएका सबै पालिका तथा वडामा गठबन्धनका उम्मेदवारलाई जिताउन लागिपर्ने र पार्टीले एकल उम्मेदवार दिएका स्थानमा पार्टीका उम्मेदवारहरुलाई जिताउन लागिपर्ने निर्णय समेत गरिएको छ ।

एकीकृत समाजवादीले गठबन्धन नभएको र आफ्नो एकल उम्मेदवार पनि नभएका स्थानमा दक्षिणपन्थी अवसरवादी एवम् प्रतिगामी शक्तिकाविरुद्ध मतदान गर्ने निर्णय गरेको बताइएको छ । पार्टीले निर्णयबारे जानकारी गराउँदै भनेको छ, ‘गठबन्धनका दलबीच सहमति कायम गर्न अन्तिमसम्म पनि प्रयत्न गर्ने ।’

टिप्पणीहरू