निर्वाचन आयोगको अर्को अनुरोध : सामाजिक सञ्जाल सम्बन्धी गुनासो टिपाउनु होला

निर्वाचन आयोगको अर्को अनुरोध : सामाजिक सञ्जाल सम्बन्धी गुनासो टिपाउनु होला

स्थनीय निर्वाचनबारे सामाजिक सञ्जालमा आएका भ्रामक अभिव्यक्तिबारे गुनासो टिपाउन आग्रह गरिएको छ । निर्वाचन आयोगले आज एक सूचना जारी गर्दै सामाजिक सञ्जालमा आएका भ्रामक समाचार तथा संप्रेषण भएका मिथ्या सूचना, दुष्प्रचार, द्धेषपूर्ण अभिव्यक्तिको गुनासो टिपाउन अनुरोध गरेको हो ।

चुनाव नजिकिँदै गर्दा विभिन्न अफवाह फैलाउने समाचारहरु सामाजिक सञ्जालमा आउन थालेको छ । भ्रम सिर्जना गर्ने समाचारहरु छ्याप्छ्याप्ती भेटिन थालेपछि आयोगले अनलाइनमार्फत् गुनासो टिपाउन सक्ने व्यवस्था मिलाएको हो ।

सामाजिक सञ्जालमा आएका मिथ्या सूचना वा कुनै पनि आचारसंहिता विपरीतका पोष्ट आएमा सम्बन्धित पोष्टको लिंकसहित आयोगको इमेलमा गुनासो पठाउन सकिने जानकारी दिइएको छ । आयोगले यसअघि नै आचारसंहिता उल्लङ्घन भएको पाइएमा टोल फ्रि नम्बर ११०२ मा उजुरी दिन पनि आग्रह गरेको छ ।

टिप्पणीहरू