नलपरासीमा चुनावी प्रचारप्रसार उज्यालोमा मात्र

नलपरासीमा चुनावी प्रचारप्रसार उज्यालोमा मात्र

वैशाख ३० गते हुने स्थानीय तह निर्वाचनको चुनावी प्रचारप्रसार दिउँसोको १२ घण्टा मात्र गर्न निर्देशन दिइएको छ । जिल्ला प्रशासन कार्यलय नवलपरासीले चुनावी प्रचारप्रसार बिहान ८ देखि बेलुका ७ बजेसम्म मात्र गर्न भनेको हो ।

निर्वाचनलाई स्वच्छ, निष्पक्ष, भयरहित, मर्यादित र व्यवस्थित तवरबाट सम्पन्न गर्ने सन्दर्भमा निर्वाचन आयोगबाट जारी निर्वाचन आचारसंहिताको पालना गर्दै जिल्लाको शान्ति सुरक्षालाई ध्यानमा राख्दै निर्वाचन अवधिभर बेलुकी ७ बजेपछि मादक पदार्थको साथै चुनावी प्रचारप्रसारमा रोक लगाइएको जारी विज्ञप्तिमा उल्लेख गरिएको छ ।

टिप्पणीहरू