उम्मेदवार बितेकोले आज मनोनयन,३ जेठमा मतदान
दाङको तुलसीपुर उपमहानगरपालिका-१७ मा वडाध्यक्षका लागि आज मनाेनयन दर्ता हुँदैछ ।
एमालेबाट वडाध्यक्षका उम्मेदवार लबरु चौधरीको उपचार क्रममा काठमाण्डौमा निधन भएपछि आज बिहान १० बजेदेखि १ बजेसम्म मनोनयन दर्ताको समय ताेकिएकाे छ । नेकपा एमालेबाट उम्मेदवार बनेका चौधरीको अस्ति राति मृत्यु भएको हो । आज साँझ ५ बजेसम्म उम्मेदवारलाई निर्वाचन चिह्न प्रदान गरिने तुलसीपुर उपमहानगरपालिकाका निर्वाचन अधिकृत रामेश्वर अर्यालले जानकारी दिएका छन् ।
तुलसीपुर १७ मा वडाध्यक्षका लागि ३ जेठमा मतदान हुनेछ । अन्य क्षेत्रका हकमा हिजो मध्यरातिदेखि माैन अवधि शुरु भइसकेकाे छ । तर, तुलसीपुर-१७ का हकमा भने ३१ वैशाखदेखि बल्ल मौन अवधि लाग्नेछ ।
टिप्पणीहरू