निर्वाचनमा खटिएका कर्मचारीको भागमा कति थरि सामान ?

निर्वाचनमा खटिएका कर्मचारीको भागमा कति थरि सामान ?

पर्सि हुने स्थानीय तह निर्वाचनका लागि मतदान केन्द्रमा खटिएका कर्मचारीहरुले विभिन्न किसिमका सामान बुझेर लैजाने क्रम अन्तिम अवस्थामा पुगेको छ ।

सम्बन्धित मतदान केन्द्रका मतदान अधिकृतको जिम्मामा कर्मचारीहरुले स्वस्तिक छाप, लाहा, मतपेटिका सुरक्षण शिल, स्टिकर, स्ट्याम्प प्याड, मसी, मतपेटिका, मतपत्र, मतदाता परिचयपत्र, रबर म्याट, कपडा, कैँची, स्केल, कागज, सियो, धागो, सलाई, ब्रोसरलगायतका ६४ प्रकारका सामान बुझेका छन् ।

तर, कर्मचारी व्यवस्थापनबारे निर्वाचन आयोगको आलोचना भएको छ । सानो पालिका र ठूला महानगरपालिकाका मतदान केन्द्रमा समेत समान संख्यामा कर्मचारी पठाउँदा व्यवस्थापन फितलो हुन गएको ठूला मतदान केन्द्रका कर्मचारीको गुनासो छ ।

टिप्पणीहरू