अचम्मको कम्युनिष्ट पार्टीको चुनावी विरोध, दोस्रो जनयुद्धको आह्वान
नेपाल कम्युनिष्ट पार्टी (सिवादी) ले स्थानीय निर्वाचनको विरोध गर्दै दोस्रो जनयुद्धको आह्वान गरेको छ । नेपालीमा सिवादी लेखिएको उक्त पार्टीको पोष्टरमा अंग्रेजीमा चीनको पश्चिम भेगको ऐतिहासिक सहर सियान उल्लेख छ ।
विके सिङ नेपाली प्रवक्ता भनिएका उक्त पार्टीले जनताको जनवादी व्यवस्था जिन्दावाद, दलाल भ्रष्ट पुँजीवादी संसदीय व्यवस्था मुर्दावाद, सुदण्डपथ जिन्दावाद, सशस्त्र जनयुद्ध जिन्दावादको नारा उल्लेख गरेको छ ।पार्टीको केन्द्रीय प्रचारप्रसार विभागले तय गरेको चुनाव विरोधी अभियानमा निर्वाचन बहिष्कार गर्ने व्यहोरा लेखिएको छ । जनवादी व्यवस्था स्थापना गर्न जनयुद्ध २ मा सहभागी बन्न आग्रह गरिएको छ ।
टिप्पणीहरू