चुनावका कारण वैदेशिक रोजगारीमा जानेहरुको अन्तरवार्ता मिति सर्यो
वैदेशिक रोजगार विभागले वैदेशिक रोजगारीमा जानेहरुको अन्तरवार्ता मिति सार्न निर्देशन दिएको छ । विभागले इजाजतपत्रप्राप्त विभिन्न संस्था (म्यानपावर कम्पनी) हरुलाई कामदार छनोटका लागि लिइने अन्तरवार्ताको मिति सार्न निर्देशन दिएको हो ।
भोलि र पर्सि हुने अन्तरवार्ता सार्न विभागले भनेको छ । वैशाख ३० गते देशभर स्थानीय तहको निर्वाचन रहेको र सवारी साधनमा रोक लगाइएकाले अन्तरवार्ताको निम्ति नयाँ सूचना प्रकाशित गर्न म्यानपावर कम्पनीलाई निर्देशन दिइएको छ ।विभागले जारी गरेको सूचनामा भनिएको छ, ‘३० र ३१ गते दुई दिन अन्तरवार्ता तोकिएको हकमा उक्त अन्तर्वार्ता रद्धप गर्ने र पुनः विज्ञापनको लागि विभागमा पेश गर्नुपर्नेछ । त्यसका साथै जेठ १ गतेदेखि र सोभन्दा पछि मात्र अन्तरवार्ता लिनुपर्नेछ ।’
टिप्पणीहरू