मतदान गर्न जाँदा मोबाइल नबोक्न अनुरोध
भोलि हुने निर्वाचनमा मतदाताले मोबाइल बोकेर मतदानस्थलमा प्रवेश गर्न नपाउने भएका छन् । निर्वाचन आयोगले मतदान गर्न जाँदा मोबाइल र क्यामेरा बोक्न रोक लगाएको छ ।
निर्वाचन आचारसंहिता २०७८ को दफा १८ (क) बमोजिम मतदानस्थल तथा केन्द्रमा कानुनले निषेध गरेका सो सामाग्री भोट हाल्न जादा मतदाताले लिन नमिल्ने व्यवस्था गरिएको हो ।
अन्य जिल्ला प्रशासन कार्यालय र निर्वाचन कार्यालयले झैं रसुवाको जिल्ला प्रशासन कार्यालयले पनि सोबारे सूचना प्रकाशित गरेको छ । सूचनामा भनिएको छ, ‘निर्वाचन आचारसंहिता २०७८ को दफा १८ (क) बमोजिम मतदानस्थल तथा केन्द्रमा कानुनले निषेध गरेका प्रज्वलनशील ठोस वा तरल पदार्थ, मोबाइल, क्यामेरा साथमा लिएर जान नहुने व्यवस्था भएकाले समस्त रसुवावासी मतदाता तथा सरोकारवालाहरूले सोबमोजिम गर्न गराउनु हुन हार्दिक अनुरोध छ ।’
रसुवामा यसपटक ३४ वटा मतदानस्थल निर्धारण गरिएको छ । ती स्थलमा ५१ वटा मतदान केन्द्र राखिएको जिल्ला निर्वाचन कार्यालयले बताएको छ ।
टिप्पणीहरू