नेकपा विवाद र चिनियाँ चासो
चिनियाँ राजदूत हौ यान्छीको अहिले भर्खर नेकपा अध्यक्ष प्रचण्डसङ्ग भेटवार्ता सम्पन्न भएको छ । हिजो यसैगरी प्रधानमन्त्रीसङ्ग समेत सम्बाद भएको बताइन्छ । प्रमसङ्ग राती ८ देखि १० बजेसम्म दुई घण्टा कुराकानी भएको थियो ।
भेटमा समसामयिक राजनैतिक परिस्थितिवारे जिज्ञासा राखिएको र पार्टी एकताबद्ध रहने आशा ब्यक्त गरिएको श्रोतको दावी छ । प्रचण्डलाई भेटेर राजदूत सीधै अर्का वरिष्ठ नेता माधवकुमार नेपालको निवास कोटेश्वर पुगेकी छन् ।
यसअघि अस्ति दिउँसो चिनियाँ कम्युनिस्ट पार्टीको अन्तर्राष्ट्रिय बिभागका प्रमुख सोङ्ग ताओले वरिष्ठ नेता पाललगायतसङ्ग तीन घण्टा भिडियो कन्फरेन्स गरेका थिए । नेकपा बिबाद उत्कर्षमा पुग्दै गरेको बेला उत्तरतिरको भाइचारा पार्टीले थालेको यसखाले घनिभूत सम्पर्कलाई अर्थपूर्ण मानिएको छ ।
टिप्पणीहरू