तलबाट डाक्टरहरू तानिँदै

तलबाट डाक्टरहरू तानिँदै

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सातै प्रदेशमा खटिएका सह-सचिवहरुलाई तान्ने तयारी गरेको छ । कोरोना नियन्त्रणका लागि प्रदेश र स्थानीय तहसँग समन्वय गर्न खटिएका सह सचिव नेतृत्वको टोली नै परिवर्तन गरेर त्यहाँ क्रिम टोली पठाउने तयारी चलेको हो । गत चैत्र अन्तिम सातादेखि प्रदेशमा खटिएका टोलीलाई दुई साता नबित्दै मन्त्रालयमा तानेर त्यहाँ नयाँ टोली पठाउने गृहकार्य मन्त्रालयले गरेको छ ।
जसअनुरुप हिजैदेखि त्यहाँ जाने नयाँ टोलीलाई मन्त्रालयले ओरिएन्टेशन दिइसकेको छ ।

मन्त्रालयका अनुसार यसरी पठाइन लागेका नयाँ टोलीमा डा.विवेककुमार लाल र कविता पाण्डे,आरपी बिच्छा र डा.सुरेन्द्र चौरसिया, डा.राधिका थपलिया र डा झलक गौतम,डा यदुचन्द्र घिमिरे र डा प्रकाश बुढाथोकी, डा रामअवतार यादव र डा श्यामबाबु यादव,डा प्रदीप केसी र पानबहादुर क्षेत्री छन् ।

१ नम्बर प्रदेशमा खटिएका डा. सुधा देवकोटा र राजकुमार पोखरेललाई मन्त्रालय तानिदै छ । यस्तै २ नम्बर प्रदेशबाट मोहम्मद दाउदको नेतृत्वमा रहेको डा. प्रकाश साह र रणवीर यादवलाई फिर्ता बोलाइँदै छ । बागमती प्रदेशमा खटिएका रोशनी लक्ष्मी तुईतुईको नेतृत्वमा रहेका यशोदा अर्याल र विजय क्रान्तिहरु फर्किनेछन् । गण्डकी प्रदेशमा खटिने नयाँ टोली छनोट भइसकेको छैन । त्यहाँ अहिले डा.तारानाथ पोखरेलको नेतृत्वमा मदन श्रेष्ठ र सुदीप आलेको टोली खटिएको छ । यस्तै प्रदेश नं ५ बाट डा रमेशकुमार खरेलको नेतृत्वमा रविकान्त मिश्र र केशव पण्डित फिर्ता हुँदैछन् । कर्णाली प्रदेशबाट डा.अनुज भट्टचनको नेतृत्वमा डा.फणिन्द्र बराल र उत्तम कोइराला,सुदूरपश्चिम प्रदेशमा खटिएका डा भीम सिंह तिंकरीको नेतृत्वमा रहेको डा. रामराज पन्थी र नन्दा अवस्थीको टोलीलाई मन्त्रालय तान्ने तयारी चल्दैछ ।

अब सतप्रतिशत भत्ता
यसैबीच कोरोनाको समय ड्युटीमा खटिएका स्वास्थ्यकर्मीहरुका लागि शुभ खबर छ । गत १४ वैशाखको क्याबिनेटबाट स्वास्थ्यकर्मीलाई सतप्रतिशत जोखिम भत्ता दिने बाटो खुलेको छ ।

स्वास्थ्य मन्त्रालयले तयार गरेको कोरोना भाइरस (कोभिड १९) को उपचारमा संलग्न जनशक्तिको जोखिम भत्ता व्यवस्थापन आदेश, २०७७ स्वीकृत गरेसंगै स्वास्थ्यकर्मीहरुलाई जोखिम भत्ता पाउने बाटो खुलेको हो । यो बाटो खुलेसँगै अब कोरोना विरुद्ध अग्रपंक्तिमा रहेर खटिने स्वास्थ्यकर्मीलाई सतप्रतिशत प्रतिशत, दोस्रो तहमा रहेर काम गर्नेलाई ७५ प्रतिशत र त्यसभन्दा बाहिर हुने तर कोरोना विरुद्ध खटिएकाले ५० प्रतिशतको दरले जोखिम भत्ता पाउनेछन् ।

टिप्पणीहरू