हस्ताक्षरको निम्ति हो-हल्ला
नेकपाकी केन्द्रीय सदस्य गौरी ओलीले प्रधानमन्त्री केपी शर्मा ओलीको पक्षमा हस्ताक्षर गर्न शुक्रबार राष्ट्रिय सभा सदस्य शारदा भट्टलाई फोन गर्दा बिवाद निम्तिएको खवर छ ।
सांसद भट्टको जवाफ थियो- “म कतै हस्ताक्षर गर्दिन । नेताहरुले राम्रो काम गरिरहेका छैनन् । मलाई यताउता जान त्यति सञ्चो पनि छैन ।” ७० वर्षकी भट्टले त्यति भन्नासाथ नातिनी उमेरकी गौरी ओलीले निक्कै तल्लो स्तरमा उत्रिएर थर्काएको आरोप छ !”
मैले नै गौरीलाई पार्टीमा ल्याएँ, बिहे गराएँ । तर आज मलाई नै धम्काइन् -भट्टले दुखित हुँदै भनिन्, के कतै हस्ताक्षर गर्दिन भन्न नपाउने ? गौरी आफै राष्ट्रिय सभामा जान चाहन्थिन् तर नेकपाको प्रदेश कमिटीले ०३४ सालदेखि पार्टीमा क्रियाशील र राजकीय पद नपाएको भन्दै भट्टको नाम पठाएको थियो । गौरीले शुक्रबार ४ः ०४ मिनेटमा फोन गरेर हस्ताक्षर गर्न भनेकी हुन् । भट्ट गत माघमा राष्ट्रिय सभाको सदस्य छानिएकी र मनमोहन अधिकारीको मार्क्सवादी समूहबाट संगठित भएकी हुन् ।
उनले जिल्ला, अञ्चल र अखिल नेपाल महिला संघमा पनि काम गरेकी छन् । तत्कालिन एमालेको राष्ट्रिय प्रतिनिधि परिषद सदस्यसमेत रहेकी भट्ट सातौ र आठौ महाधिवेशनको प्रतिनिधि थिइन् । आठौ महाधिवेशनमा भने केन्द्रीय सदस्य पदमा पराजित भइन् ।
टिप्पणीहरू