ठ्याक्कै २१ बर्षमा गाउँपालिका अध्यक्ष

पर्सा,कालिकामाई गाउँपालिकाको अध्यक्षमा २१ वर्षीय वशिष्ठकुमार कलवार निर्वाचित भएका छन् । उनी हालसम्मकै कान्छा प्रतिनिधि र जनता समाजवादी पार्टीका उम्मेदवार हुन् ।

यसअघि सर्लाहीको रामनगरमा माओवादी केन्द्रका २२ वर्षीय राजाबाबु यादवले गाउँपालिका अध्यक्ष जितेका थिए । उक्त गाउँपालिकाको अन्तिम परिणामअनुसार वशिष्ठकुमारले ३ हजार ७ सय ४३ मत ल्याएका छन् भने नेपाली काँग्रेसका अजयकुमारले ३ हजार ६ सय २६ मत पाएका छन् ।

वशिष्ठकुमार कलवार सानैदेखि राजनीतिक माहौलमा हुर्किएका हुन् । उनका काका जनता समाजवादी पार्टी पर्साका नेता हुन् । कलवारलाई टिकट दिलाउन उनकै काकाको महत्वपूर्ण हात रहेको स्थानीय नेता तथा कार्यकर्तसले बताए ।

टिप्पणीहरू