राजनीति गर्ने गुरुलाई राजीनामा दिन निर्देशन
बर्दियाको राजापुर नगरपालिकाले राजनीतिमा इच्छुक सामुदायिक विद्यालयका शिक्षक तथा कर्मचारीलाई राजीनामा दिन सल्लाहयुक्त निर्देशन दिएको छ ।
मेयर दिपेश थारुले विद्यालयहरुलाई पत्राचार गर्दै त्यस्ता शिक्षक तथा कर्मचारीहरुलाई सात दिनभित्र राजीनामा दिन लगाएर जानकार गराउन निर्देशन दिनुभएको हो ।सामुदायिक विद्यालयमा कार्यरत शिक्षक तथा कर्मचारीले राजीनामा दिएको विवरण सात दिनभित्र नगर कार्यालयमा पेश गर्न उहाँले अह्राउनुभएको हो ।
शिक्षा ऐन विपरित शिक्षक र कर्मचारीहरु विभिन्न राजनैनिक दलको कार्यकारिणी पदमा रहेकाले विद्यालयको पठनपाठन प्रभावित भएको पत्रमा उल्लेख छ ।
टिप्पणीहरू