आधारातमा जले आठ घर
ताप्लेजुङ फुङ्लिङ बजारको पुरानो बैंक लाइन ट्याक्सी काउन्टर इलाकामा शुक्रबार राति १०ः१५ तिर अचानक आगलागी हुँदा ८ घर जलेर नष्ट भएका छन् । त्यसमा बसोबास गर्ने ३७ परिवार विस्थापित भएका छन् ।
अलैंची, पुस्तक पसल, किरानामाल, ग्यास, विद्युतीय सामान होटल तथा संघसंस्थाका कार्यालय जलेर नष्ट हुँदा करोडौं क्षति भएको अनुमान गरिएको छ । यो प्रारम्भिक तथ्यांक भएको हुँदा विस्तृत तथ्यांक आउन बाँकी रहेको र क्षति अझ बढी हुन सक्ने अनुमान गरिएको छ । क्षतिको तथ्यांक संकलन भइरहेको छ ।
टिप्पणीहरू