वामदेवका लागि खुलेकै हो त बाटो ?
यदि बुधबारको सचिवालय बैठकमा उहाँले बोलेको कुरा कार्यान्वयन गर्नकै लागि थियो भने आज अपराह्नको बैठकमै प्रधानमन्त्री ओलीले राजीनामा घोषणा गर्नुपर्छ । र,भोलि नै वामदेवलाई वरिष्ठ उपप्रधानमन्त्री नियुक्त गर्दै कार्यवाहक प्रधानमन्त्रीको अधिकार दिनुपर्छ । ६ महिनाभित्र (डेढ महिनामै सम्भव छ) वामदेवले कुनै क्षेत्रबाट चुनाव जितेर संसद छिर्नुपर्छ । र, उहाँ कन्फर्म प्रधानमन्त्री बन्नुपर्ने हुन्छ ।
अहिले अपराह्न ४ बजेका लागि बोलाइएको नेकपाको बहुप्रतिक्षित सचिवालय बैठकले नयाँ प्रधानमन्त्री बनाउने वा पार्टीको आन्तरिक शक्ति सन्तुलन मिलाउनेबारे के निर्णय गर्ला ? सर्वत्र चासोको विषय बनेको छ ।
हिजो राति नेकपा अध्यक्ष प्रचण्ड र वरिष्ठ नेता झलनाथ खनालसँग कुरा गर्ने एकजना कानुनविद्का अनुसार उहाँहरु केपीको राजीनामा र वामदेव नेतृत्वको सरकारकै पक्षमा हुनुहुन्छ । तर, कानुनी जटिलता वा कानुनलाई गिजोल्दै ‘जसरी पनि वामदेव’ भन्ने रटानले पार्टीलाई अर्को क्षति गर्नेमा पनि प्रष्ट हुनुहुन्छ ।
यी दुबै नेताको धारणा रह्यो, यदि बुधबारको सचिवालय बैठकमा उहाँले बोलेको कुरा कार्यान्वयन गर्नकै लागि थियो भने आज अपराह्नको बैठकमै प्रधानमन्त्री ओलीले राजीनामा घोषणा गर्नुपर्छ । र,भोलि नै वामदेवलाई वरिष्ठ उपप्रधानमन्त्री नियुक्त गर्दै कार्यवाहक प्रधानमन्त्रीको अधिकार दिनुपर्छ । ६ महिनाभित्र (डेढ महिनामै सम्भव छ) वामदेवले कुनै क्षेत्रबाट चुनाव जितेर संसद छिर्नुपर्छ । र, उहाँ कन्फर्म प्रधानमन्त्री बन्नुपर्ने हुन्छ ।
नत्र,अर्को उपायबाट वामदेवलाई प्रधानमन्त्री बनाउन खोजियो भने झन्झन् जटिलता थपिनेछन् । राति प्रचण्ड र झलनाथसँग कुरा गर्ने ती वरिष्ठ अधिवक्ताले जनआस्थालाई सुनाए, ‘संघीय संसदको दुई तिहाई बहुमतबाट संविधान संशोधन त गर्न सकिएला,तर दुबै सदनको बैठक कसले बोलाउने ? यसबारे संविधानमा कुनै व्याख्या र परिभाषा छैन ।’ उनको तर्क छ, ‘मानौँ, त्यस्तो संयुक्त बोलाएर एउटा कुरा पारित पनि होला । तर, भोलिपल्टै एकथरि अरिंगाल मुद्दा बोकेर सर्वोच्च जान तम्तयार छन् । किनभने,यस्तो स्थितिबारे सोची–विचारिकन अदालतमा कुरा चलाइसकिएको छ ।’ पार्टीको बहुमतले निर्णय गरी सरकार छाड्न लगायो भने पुनः अध्यादेश जारी गराएर ४०% पुर्याई पार्टी फुटाउने,अख्तियार लगाएर ललिता निवास प्रकरण र लडाकूको पारिश्रमिकसम्बन्धी फाइल खोली माधव र प्रचण्डलाई सताउने तयारी पनि ओली क्याम्पले शुरु गरेको गृहमन्त्री रामबहादुर थापा बादलसङ्ग सूचना छ !
स्तो कानुनी जटिलतालाई हल गर्ने सुझाव छ, सरकारले मस्यौदा गरिरहेका अनेकन कानुनलाई व्यवस्थित गर्ने काममा जुटेका अर्का पूर्वप्रशासकको ।
प्यूठानमा उहाँकै सहयोगले जितेकी राष्ट्रिय जनमोर्चाकी सांसद दुर्गा पौडेललाई तत्कालै राजीनामाका लागि तयार पार्ने । उहाँलाई भोलिपल्टै राष्ट्रियसभामा मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपतिबाट नियुक्त गराउने । बरु, सरकारमा मन्त्री पनि बनाइदिने । र, त्यहाँबाट चुनाव जितेर वामदेव प्रधानमन्त्री हुने ।
अरु कुनै क्षेत्रबाट वामदेवले चुनाव उठेर जित्छु भन्नेमा ढुक्क हुनु गलत हुने कारण प्यूठानमा उहाँकै सहयोगले जितेकी राष्ट्रिय जनमोर्चाकी सांसद दुर्गा पौडेललाई तत्कालै राजीनामाका लागि तयार पार्ने । उहाँलाई भोलिपल्टै राष्ट्रियसभामा मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपतिबाट नियुक्त गराउने । बरु, सरकारमा मन्त्री पनि बनाइदिने । र, त्यहाँबाट चुनाव जितेर वामदेव प्रधानमन्त्री हुने ।
सम्भावना छ- सन्तलाल थारुलाई बर्दियाबाट राजीनामा गराउने वा दलबहादुर रानाले पल्पाको आफ्नो क्षेत्रबाट उहाँलाई जिताउने । तर, यी दुबै जोखिमयुक्त विकल्प हुन् । उहाँको हकमा प्यूठानभन्दा सुरक्षित क्षेत्र देशभर कतै पनि छैन । किनभने, अन्यत्रका हकमा त्यहाँका सांसदले राजीनामा दिएका दिनदेखि मतदान हुँदाका दिनसम्म भात–पानी छाडेर हराउने भूमिकामा लाग्ने मान्छेहरु सक्रिय भइहाल्छन् ।
अन्यथा, वामदेवजस्तो मान्छेले न्यायिक र कानुनी प्रणालीलाई भत्काएर प्रधानमन्त्री बन्न नसुहाउने ती पूर्वप्रशासकको मान्यता छ ।
टिप्पणीहरू