पद कि पध्दति ?

पद कि पध्दति ?

माग्नेहरुले राजीनामा भनेका छन् । पध्दतिमा हिँडेनौ, छोड भनेका छन् । उताबाट पद्दति छाडिदिउँ, वामदेवलाई प्रधानमन्त्री, माधवलाई अध्यक्ष बनाएर सेटल गरौँ भन्ने कुरा आइरहेको छ ।

अडानयुक्त व्यक्तिहरुको मुहार हेरौँ, सत्ताले मानिसलाई कति गलाउँछ भन्ने बुझिन्छ ।

सरकारको कार्यशैलीमाथि प्रश्न उठाउँदै शीर्ष नेताहरु आन्तरिक विद्रोहमा उत्रिने तयारीमा छन् । तर,मन्त्री खाएका ती नेतानिकटका मानिसहरु फरक स्थितिमा छन् ।

आन्तरिक विद्रोहको अगुवाई गर्नेमध्येका अध्यक्ष प्रचण्ड एक हुनुहुन्छ । तर, पूर्वमाओवादी समूहका गृहमन्त्री रामबहादुर थापा (बादल), लेखराज भट्ट, माधव नेपाल पक्षधर घनश्याम भुसालहरु ‘जागिरे शैली’ मा पेश भएको भनिँदैछ ।

दल विभाजनसम्बन्धी अध्यादेश आउनासाथ पर्यटनमन्त्री योगेशको ट्वीट आयो, ‘यो अध्यादेश हाम्रो पार्टीभित्र होइन, अन्य दलका हकमा हो…’। बादलले प्रधानमन्त्रीलाई पहिला पनि असाधारण अधिकार दिइने गरिएको चर्चा गर्नुभयो ।

लेखराजले प्रधानमन्त्रीलाई हटाउँदा अस्थिरता आउँछ भन्ने गर्नुभएको छ ।असन्तुष्ट नेताको चिन्ता एकातिर छ, प्रधानमन्त्रीको चासो अर्कातिर । असन्तुष्ट नेताले पध्दतिको कुरा उठाएका छन् । प्रधानमन्त्रीचाहिँ पदमा सम्झौता गर्नेतिर अग्रसर देखिनुभएको छ । अर्थात्, पध्दतिमा हैन, पदमै समाधान खोज्नेजस्तो  रणनीति बुझिन्छ ।

माग्नेहरुले राजीनामा भनेका छन् । पध्दतिमा हिँडेनौ, छोड भनेका छन् । उताबाट पद्दति छाडिदिउँ, वामदेवलाई प्रधानमन्त्री, माधवलाई अध्यक्ष बनाएर सेटल गरौँ भन्ने कुरा आइरहेको छ ।

अनि, प्रधानमन्त्रीले यस्तो तुरुप फ्याँकिरहँदा ‘स्थायी कमिटी किन चाहियो, यतै निर्णय गरौँ’ भन्ने नेता पनि छन् ।

टिप्पणीहरू