मारवाडीको रोएको मन, सुलभको शंकास्पद धन
एकजनाबाहेक कोही पनि यस्तो फौजी कसुरमा पक्राउ परेका छैनन् । तर, सुविधाको मारचाहिँ सबैलाई परेपछि समुदाय रुष्ट बनेको हो ।
थर्मल गन कालोबजारी अभियोगमा पक्राउ परेका शंकर र जगदम्बा ग्रुपसम्बद्ध व्यापारी सुलभ अग्रवाल रिहा भए पनि आफ्नो समुदायसँग टाढै छन् । यस्तो हुनुका अरु थुप्रैमध्ये जल्दोबल्दो कारण हो, विभिन्न मुलुकको अवैतनिक बाणिज्यदूत रहेका काठमाडौंका थुप्रै व्यापारीको सुविधा खोसिनु ।
सुलभ आफैँ पनि किर्गिस्तानका लागि अवैतनिक बाणिज्यदूत हुन् । सोबापत सुविधामा पाइने कूटनीतिक नम्बरप्लेटको गाडीमै थर्मल गनको कालोबजारी गर्दै हिँडेका उनी पक्राउ परेपछि त्यसको मारमा अन्य देशका अवैतनिक बाणिज्यदूत पनि परेका छन् ।
सुलभ पक्राउ परेलगत्तै परराष्ट्र मन्त्रालयको अनुरोधमा प्रहरीले अवैतनिक बाणिज्यदूतहरुलाई हालका निम्ति नीलो रंगको कूटनीतिक नम्बरप्लेट प्रयोग नगर्न परिपत्र गरेको छ ।
नाकावन्दीताका कालाबजारी गर्ने धारा तेल वाला नरेश दुगड,बिमा काण्डमा पोर्चुगलका महावाणिज्यदूत राजेन्द्र खेतान र
सुलभबाहेक कोही पनि अवैतनिक बाणिज्यदूत यस्तो फौजी कसुरमा पक्राउ परेका छैनन् । तर, सुविधाको मारचाहिँ सबैलाई परेपछि सुलभसँग उनको समुदाय रुष्ट बनेको हो ।
रोएको मन
उनको गिरफ्तारीपछि मारवाडी समुदायको मानर्दन हुने गरी भएका चर्चाले उनीहरू चिन्तित थिए । यस्तो गुनासो बोकेर विभिन्न ठाउँ पुगे पनि ।
सुलभ रिहा भए । तर, उनको समुदाय हर्ष न विस्मातको स्थितिमा छ । कारण हो, उनको विगत ।
केही वर्षअधि आफ्नो विवाहका लागि काठमाडौंबाट ठूलो डफ्फा भारत लिएर गए । र, बदनामीको शुरूवात त्यहीँबाट गरे ।
काठमाडौंका मारवाडीको अनुहार देखाउँदै केटी पक्षसँग दाइजोका लागि सौदावाजी गरेको विषयले तनाव उत्पन्न भएको थियो ।
विवाहपूर्वको ब्याचलर पार्टीमा करिव करिव घम्साघम्सीकै अवस्था भयो ।
यो घटनापछि ब्याचलर पार्टीमात्रै खल्लो भएन, पूरै नेपाली मारवाडी समुदायको प्रतिष्ठामाथि असर पर्ने काम भयो । कारण थियो, दाइजोकै निहुँमा सुलभले विवाहको अघिल्लो दिन विवाह रद्ध गर्नु ।
गर्न त सुलभले अर्को विवाह गरे, राजस्थानी समुदायमै । तर, काठमाडौंबाट पहिलाजस्तो मारवाडीहरु त्यसमा सरिक भएनन् ।
कोरोना संक्रमणपछि उत्पन्न असहज अवस्थामा चीनबाट आयात गरिएको थर्मल गनलाई पर्ने मूल्यभन्दा अत्यधिक मूल्यमा बेचेर रातारात पैसा थुपार्ने उनको चालबाजी नेपाली मारवाडी समुदायका लागि अर्को विस्मातको विषय थियो ।
यो प्रकरणमा उनी प्रहरीद्वारा रंगेहात पक्राउ परे ।
सुलभ लामो परिश्रम र प्रतिष्ठित भूमिकाबाट स्थापित भएका हैनन् ।
२०६०-६५ सालसम्म बसन्तपुरमा कोङका टीभी बेच्थे । र,त्यहीँ सानो अफिस पनि थियो ।
यसक्रममा बर्मेली समुदायका विष्णु र हरि न्यौपाने यिनको साझेदार बने । जब यिनीहरू साझेदार बने,अनि काठमाडौंका मारवाडीहरु नै जिब्रो टोक्नुपर्ने अवस्थामा पुगे । कारण हो,यिनले जायज/नाजायज, पाप र धर्म केही नभनी काम गर्न थाल्नु । जो उनको समुदायमा चल्दैन ।
फलतः तीनकुनेमा न्यौपाने टावर खडा भयो । उक्त टावरको स्रोत र लगानी अझै शंकास्पद छ । जब विष्णु र सुलभहरुको अखडा न्युरोड-वसन्तपुरबाट तीनकुने सर्यो,अनि बल्ल न्युरोड केन्द्रित काठमाडौंमा रैथाने मारवाडीले चयन महसुस गरे । किनभने, अनुचित र अस्वाभाविक कारोबार आफैंले देख्नु परेन ।
तर, यतिबेला ‘एउटाले बिराउने, शाखा नै पिराउने’ भनेजस्तो सुलभका कारण मारवाडी समुदाय नै लज्जित हुनुपर्ने स्थितिका कारण उनीहरु दुःखी छन् ।
टिप्पणीहरू