कुन सूत्रले सामसुम पार्‍यो होला नेकपाको संकट ?

कुन सूत्रले सामसुम पार्‍यो होला नेकपाको संकट ?

हाम्रा प्रधानमन्त्रीले दक्षिणी छिमेकका समकक्षी नरेन्द्र मोदी, सात समुद्रपारी साइप्रस,इजरेल,खाडी रास्ट्रका प्रधानमन्त्रीहरुसङ्ग फोनसम्बाद गरेतापनि चिनियाँ समकक्षी लि खछ्याङ्गसङ्ग भने त्यो अवसर जुराउनुभएको थिएन ! बरु नेकपा बिबाद उत्कर्शमा पुगेको बेला अकस्मात उतैबाट रास्ट्रपतिलाई रास्ट्रपतिको फोन आयो ! 

निकै ठूलो हलचल मच्चाएको सत्तारूढ दल नेकपाको विवाद बामदेव, बादल र बिष्णुले साथ छाडेर मात्रै अर्को दिशामा अवतरण भयो वा यसमा अन्य फ्याक्टरले पनि काम गरेको छ ? सर्वत्र जिज्ञासाको विषय बनेको छ ।

अरु त अरु, आफूसङ्ग भेट भैसकेको अवस्थामा स्वयं पार्टीका वरिष्ठ नेता माधव नेपाल पनि प्रष्ट हुनुहुन्थेन,समाधान सम्भव गराउने विभिन्न सूत्रबारे । हिजै बेलुका र आज दिउँसो कोटेश्वरमा अध्यक्ष प्रचण्ड र वरिष्ठ नेता नेपालबीच भएको भेटघाटपछि कुरा छर्लङ्ग भएको स्रोतले जनाएको छ ।

जनआस्थाले शनिबारकै अनलाइन संस्करणमा चर्चा गरेको थियो, नेपालका अघिल्ला घटनाक्रममा जसरी भारतीय चासो बढ्थ्यो,अबको विश्व परिदृश्यमा विकास भएको नयाँ शक्ति सन्तुलन  नेपालबाट प्रमाणित हुँदैछ ।

हुन पनि सिलसिलेवार भेटको दौरान सबैसङ्ग- नेपालमा कुनै हालतमा वा कुनै बहानामा अस्थिरता उत्पन्न नहोस् भन्ने चिनियाँ राजदूत होउ यान्छीको आग्रह । यौटा असल छिमेकी र बैचारिक नाताले पनि यस्तो अपेक्षालाई सायद अन्यथा मान्ने कुरा आउँदैन !

शनिबार सचिवालय बैठक शुरु हुनुअघि प्रधानमन्त्री केपी शर्मा ओली अकस्मात बालुवाटारबाट निस्केर शीतल निवास पुग्नुभयो । यो घटनाका अनेकन अर्थ लागे । तर, वास्तविकता रहेछ,यो पनि ।

‘जे-जे कमि भए । जानेर भए,नजानेर भए- जसरी भएका भए पनि कमजोरीलाई कमजोरी  नै भन्नुस् । आत्मालोचना गर्नुस् । तर, अहिले ‘हार्ड एण्ड फास्ट’ भएर जाने छुट न तपाईंलाई छ, न अरुलाई नै !’

यस्तो अनुरोध थियो सम्माननीय राष्ट्रपतिको । र,उहाँसँग चार दिनअघि टेलिफोनवार्ता भएको थियो, चिनियाँ राजदूत होउको उपस्थितिमा रास्ट्रपति सि चिनफिङ्गको । हाम्रा प्रधानमन्त्रीले दक्षिणी छिमेकका समकक्षी नरेन्द्र मोदी,सात समुद्रपारी साइप्रस,इजरेल र खाडी रास्ट्रसम्मका प्रधानमन्त्रीहरुसङ्ग फोनसम्बाद गरेतापनि चिनियाँ समकक्षी लि खछ्याङ्गसङ्ग भने त्यो अवसर जुराउनुभएको थिएन ! बरु नेकपा बिबाद उत्कर्शमा पुगेको बेला अकस्मात उतैबाट रास्ट्रपतिलाई रास्ट्रपतिको फोन आयो !

‘आफ्नै साथीहरुसङ्ग भिडेरै जान्छु भन्नेतिर जानु हुँदैन’ सोही कुराकानीको सारअनुसार राष्ट्रपतिले प्रधानमन्त्रीलाई भन्नुभयो,” उहाँहरूले उठाएका विधि-पद्धतिका कुरालाई पनि सानो कुरा नमान्नुस् । यसरी बैठकमा प्रस्तुत हुनुभयो भने आन्तरिक एकता नै सुदृढ हुने हो ।’

राजदूत होउले राष्ट्रपतिसँग भेट्नुअघि सारा वस्तुस्थितिको सुक्ष्म अध्ययन गरिसकेकी थिइन् । यसैबमोजिम “एकताबध्द नेकपा:आजको आवश्यकता “भन्ने सन्देश राष्ट्रपतिमार्फत प्रधानमन्त्रीसम्म पुर्याएको र, प्रधानमन्त्रीमार्फत यही कुरा प्रचण्डलाई रिले गरिएको अनुमान छ । तर, माधव नेपालसँग यसबारे यथेष्ट कुराकानी हुन पाएको थिएन,जुन आज प्रचण्डमार्फत भएको छ । यसपछि माधव थप प्रष्ट हुनुभएको नेकपास्रोतले जनायो ।

नत्र,निकै कडिकडाउ पेश हुने योजनासाथ हिजो बैठकमा छिर्नुभएका प्रचण्ड चुपचाप रहनुमा माधव अचम्मित हुनुहुन्थ्यो । यति कुरा भएपछि हिजै स्थायी कमिटीका अरु सदस्यसँग आगामी रणनीतिवारे बिस्तृत छलफल भएको छ ।

बादलको बाटो

प्रधानमन्त्रीमा केपी ओलीको विकल्पबारे कुरा उठ्न थालेसँगै गृहमन्त्री रामबहादुर थापालाई उपप्रधानमन्त्रीमा उक्लने आशा जागेको पाइएको छ ।  यही आशाले प्रचण्डसँग दूरी बढाएको छ । अब ‘पानी उमालेर नबाक्लिएजस्तो’ बादललाई  फकाएर केही नहुने ठम्याई छ, प्रचण्डको ।

बादलको सघन समूह (कोर टीम) का देव गुरुङ र पम्फा भुषाल अलग्गै छन् । गृह सल्लाहकार बनाइएका पथिक र पार्टी केन्द्रीय सदस्यसमेत रहेका प्रेस संगठन संयोजक महेश्वर दाहाल भने  बादलको साथमै रहेको बताइन्छ  ।

टिप्पणीहरू