उदयपुरका सात कैदी घर फिर्ता

उदयपुरका सात कैदी घर फिर्ता

सरकारले विभिन्न मुद्दामा कैदीबन्दी जीवन बिताइरहेका जिल्ला कागागार शाखा उदयपुरका सात जनालाई गणतन्त्र दिवसको अवसरमा सजाय मिनाहा गरेको छ ।

कारागार शाखाका अनुसार गणतन्त्र दिवसमा विभिन्न आरोपमा कैदी जीवन बिताउँदै गरेका सात जनाको बाँकी सजाय मिनाहा भएपछि उनीहरू रिहा भएका हुन् ।

गृह मन्त्रालयको सिफारिसमा राष्ट्रपतिबाट कैदीका सजाय मिनाहा गर्ने प्रचलनअनुसार उनीहरूको बाँकी सजाय मिनाहा भएको कारागार प्रमुख (जेलर) कामु शाखा अधिकृत डिगमबहादुर कार्कीले जानकारी दिए । उनका अनुसार सजाय मिनाहा पाउनेमा कर्तव्य ज्यानका दुई पुरुष, सवारी ज्यानका दुई, सवारी ज्यान र अंगभंगको दोषीमा जेल परेका एक तथा चोरी र ज्यान मार्ने उद्योगमा कसुर ठहरिएका एक एक जना रहेको जनाएका छन ।

उनीहरूलाई गृह मन्त्रालय, स्थानीय प्रशासन तथा प्रदेश समन्वय शाखाको पत्रानुसार कारागार मुक्त गरिएको कार्कीले बताए । प्राप्त पत्रनुसार बाँकी सजाय छुट पाएका सातै कैदीलाई गणतन्त्र दिवसका दिन कारागार मुक्त गरेर बिदाइ गरिएको कार्कीले जानकारी दिए ।

टिप्पणीहरू