कृषि मन्त्रीको आफ्नै नीति तथा कार्यक्रम

कृषि मन्त्रीको आफ्नै नीति तथा कार्यक्रम

बजेट अधिवेशन यहि बैशाख २६ गतेदेखि शुरु हुँदैछ । जेठ १५ गते बजेट ल्याउनैपर्ने संवैधानिक व्यवस्थाको कारण कोरोना संक्रमण फैलन नदिन अपनाइएको बन्दाबन्दी (लकडाउन) बीच पनि संघीय संसदको बजेट अधिवेशन बोलाइएको हो ।

संसद अधिवेशन शुरु भएलगत्तै सरकारको नीति तथा कार्यक्रममाथि छलफल हुन्छ । त्यसपछि प्रिबजेट छलफल र बजेट प्रस्तुत गर्ने कार्यतालिका रहेको छ ।

सबै मन्त्रालयले सरकारको नीति तथा कार्यक्रममा उल्लेख गर्ने मुख्य विषय सामान्यतयाः बैशाख पहिलो साताभित्र पठाउने गर्छन् । तर, यसवर्ष अरुले पठाइसके पनि कृषि मन्त्रालयले भने हिजोसम्म पठाएको छैन । कृषिमन्त्री घनश्याम भुसाल आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रममा उल्लेख हुने मन्त्रालयको नीति र कार्यक्रम आफैँ लेख्न कस्सिएकाले ढिलो भएको हो । ‘कोरोनाले मानव स्वास्थ्य र अर्थतन्त्रमा झैँ कृषि क्षेत्रमा पारेको र पार्नसक्ने भयावह असरलाई राम्रैसँग सम्बोधन गर्ने’ भन्दै मन्त्री आफैँ बुदा लेखनमा व्यस्त रहेको एकजना सहसचिवले बताए ।

टिप्पणीहरू