मान्यज्यू आउँदा सारा अड्डा त्राहिमाम

मान्यज्यू आउँदा सारा अड्डा त्राहिमाम

यो कुरा सुनाउँदा उहाँको मुखबाट फ्याट्ट निस्कियो, ‘मलाई भनेको भए मैं ल्याइदिई हाल्थे नि !’ अहिले नेपालगन्जमा आगोसरि फैलिएको कोरोना फैलिएको ठाउँ मोहनाको माइती डिएसपी रोड (अन्सारी टोल) मै पर्दछ,अदालत भवनपछाडि । 

आम नागरिकका लागि सार्वजनिक सूचना छ-यदि कोही विदेशबाट आउनु भएको छ वा त्यसरी आएका व्यक्तिसँगको सम्पर्कमा हुनुहुन्छ भने कम्तिमा तीन हप्ता क्वारेन्टाइनमा बसौं ।

मुलुकको संवेदनशील संवैधानिक आयोगकै माननीय सदस्यले पनि उल्लेखित सूचनाअनुसार चल्नुपर्ने हो । तर,जान्ने-बुझ्ने मानिसहरू नै कोरोना संक्रमणप्रति सचेत छैनन् र भ्रम निवारण गर्न तत्पर छैनन् भन्नलाई यही यौटा सन्दर्भ काफी छ ।

राष्ट्रिय मानवअधिकार आयोगकी सदस्य मोहना अन्सारीको प्रसंग हो यो । नेपाल र भारतमा अत्यधिक कोरोना संक्रमित फेला पर्ने स्रोतका रुपमा रहेको छ,दिल्लीस्थित तबलिगी मस्जिद । मोहनामाथि त्यहाँकै जमातीमध्येकी एक अनुयायी भएको आरोप छ । स्मरण रहोस्,बिश्वको १ सय असी देशमा झण्डै पाँच करोड जमाती (मुस्लिम धर्म प्रचारक) फैलिएका छन् !

उहाँले चैत ११ गते नेपालमा लकडाउन शुरु हुनुअघि नै बर्दियाका लागि काज माग्नुभएको थियो,अध्यक्ष अनुपराज शर्मासँग । तर,अनुप आफैं बिरामी भएर बेडरेष्ट हुनुका कारण वरिष्ठ सदस्यका रुपमा सर्वोच्चका पूर्व न्यायाधीश प्रकाश वस्तीमा काज दिनुपर्ने जिम्मेवारी आयो । काठमाडौंबाहिर निस्कने भ्रमण आदेश स्वीकृत गर्न कार्यालय प्रमुख नै चाहिन्छ । तर,प्रमुख अनुप घरमा हुनुहुन्थ्यो । मोहनाले वरिष्ठ सदस्य प्रकाशलाई भन्नुभयो,”बर्दियाका सिडिओ साबले आउनसक्नु हुन्छ भनिसक्नु भयो ।’

यसरी लकडाउनको वीच बर्दियाका लागि हिंड्नुभएकी मोहना त्यहाँ छिरेको सूचना छैन । बरु,नेपालगन्ज पुगेर,केही दिन सरकारी गाडीसहित घर र माइती पसेर स्थलमार्गबाटै काठमाडौं फर्किएको सरकारी रेकर्ड छ ।

यता,साउती चल्न थाल्यो, ‘मान्यज्यू लखनउबाट फर्किनुभएको रे !’

तर,यस्तो सोधनीमा उहाँ नाजवाफ हुनुभयो ।

यसबीच फोनमा कुरा भयो,अध्यक्ष अनुपराज शर्मासँग । अनुपले तीन महिनाका लागि ल्याएको औषधी,जुन नेपालमा पाइन्न,सकिएको थियो । यसबेलासम्म भारतमा लकडाउन शुरु भइसकेको । यसकारण व्यक्तिगत सम्बन्धका आधारमा दिल्लीस्थित नेपाली दूतावासमा सैनिक सहचारी रहेका वरिष्ठ अधिवक्ता विश्वकान्त मैनालीका भाइ (जर्नेल इश्वरकान्त) मार्फत अनुपले औषधी मगाउनुभयो । त्यो औषधी डिप्लोम्याटिक कुरियरबाट नौतनवा हुँदै मध्यराती डेढ बजे काठमाण्डौ आयो ।

यो कुरा मोहनालाई सुनाउँदा उहाँको मुखबाट फ्याट्ट निस्कियो, ‘मलाई भनेको भए मैं ल्याइदिई हाल्थे नि !’

अर्थात्,मोहना दिल्ली पुगेको भनी कानेखुसी गर्नेहरुलाई यति भएपछि अरु के निहुँ चाहियो !

संयोगबस- अहिले नेपालगन्जमा आगोसरि फैलिएको कोरोना फैलिएको ठाउँ मोहनाको माइती डिएसपी रोड (अन्सारी टोल) मै पर्दछ,अदालत भवनपछाडि ।

मानवाधिकार आयोगमा उहाँ लखनउ वा दिल्ली गएकोबारे प्रश्न गर्दा प्रष्ट जवाफ नआएको बताइन्छ ।

उहाँको पारिवारिक अवस्था कस्तो छ भने,फर्निचर व्यापारी बिमार  बुबाको उपचारमा आफैं संलग्न हुनुपर्ने । किनभने,एक्ला छोरा,मोहनाका भाइले लागू औषध मुद्दामा काठमाण्डौको सेन्ट्रल जेलमा हुँदै ०७२ को महाभूकम्पताका पर्खाल भत्किएर,त्यसमा च्यापिएर अरु नौ जना कैदीसङ्गै ज्यान गुमाए । यसपछि परिवारको सचेत सदस्यका नाताले सबै रेखदेख मोहनाले गर्दै आउनुभएको छ ।

उपचारक्रममा त्यही समयको आसपास दिल्ली पुगेको खासखुस्का वीच डक्टर छोरीकी आमा मोहना मानवाधिकार आयोग गइरहनु भएको छ । तर,सहकर्मी त्रस्त छन् । उहाँको अघिल्तिर कोही पर्दैनन् ।
यसरी मानवाधिकार आयोगमा बेलैमा स्वास्थ्य परीक्षण नगरिदा त्यहाँका सारा कर्मचारीसङ्गै स्वयं सदस्य मोहनाको निर्वाध कर्तव्य पालना गर्न पाउने मानवअधिकार हनन भैरहेको अवस्था छ !

टिप्पणीहरू