स्वास्थ्यमन्त्रीको घरमा झण्डै बम बिस्फोट

स्वास्थ्यमन्त्रीको घरमा झण्डै बम बिस्फोट

कोरोना नियन्त्रण गर्ने सरकारी तदारुकतामा कमि भएको, ओम्नीलगायतका ओखती आपूर्तिकर्ता दलालहरुलाई अभयदान दिइएको र जनताको स्वास्थ्यमा खेलवाड गरिएको आरोप लगाउँदै विप्लव नेतृत्वको नेकपा सल्बलाएको छ ।

जसरी निवर्तमान सञ्चारमन्त्री गोकुल बास्कोटा बालकोटस्थित प्रम केपी ओलीको निवासमा बस्ने जानकारी हुँदाहुँदै उनको लोकन्थलीस्थित निवासमा बमविष्फोट गराइयो,अहिले निशानामा परेका छन् स्वास्थ्यमन्त्री भानुभक्त ढकाल ।

मन्त्री नियुक्त भएयता भानुभक्त पुल्चोकस्थित मन्त्री क्वार्टरमा बस्छन् । उनको बल्खुस्थित निजी घर भुइँ तल्ला भाडामा लगाएर आइसोलेसन वार्डका रुपमा प्रयोग गर्ने गरी तोकिएको छ । तर, त्यही घर विप्लव नेकपाको निशानामा परेको र कुनै पनि बेला त्यहाँ प्रेसर कुकर बम बिस्फोट गराइनसक्ने सूचना नेपाल प्रहरीको बिशेष ब्यूरोले पाएसङ्गै रातभर ‘कर्डन एण्ड सर्च’ का लागि व्यापक सुरक्षाकर्मी परिचालन गरिएको छ ।

भर्याङ्गबाट लडेर ढाड भाचिएका बिप्लवका पोलिटब्युरो सदस्य अनिल शर्मा बिरहीलाई उपचार गराउन जाँदा आफ्नै गृहजिल्ला चितवनमा त्यहीँबाट प्रतिनिधित्व गर्ने पूर्व सहकर्मी तथा गृहमन्त्री रामबहादुर थापा बादलले हिजो पक्राउन लगाएको बदलास्वरुप पनि स्वास्थ्यमन्त्रीको निजी निवासमा बम पड्काएर बदला लिन लागिएको हुनसक्ने सरकारी अनुमान छ !

टिप्पणीहरू