बम बिस्फोट
बम बिस्फोटमा घाइते बालकको उपचारमा सरकार उदासीन, स्थानीयको पहल
बेवारिसे सकेट बम पड्किँदा घाइते भएका दुई बालकको उपचारमा सरकारले बेवास्ता गरेको छ । पाँचथरको फालेलुङ गाउँपालिका–५, डाँडागाउँमा सशस्त्र द्वन्द्वमा प्रयोग गरिएको सामग्री विष्फोट हुँदा घाइते दुई बालकको उपचारमा सरकार उदासीन देखिएको छ । सोही घटनामा बितेका दुई बालबालिकाको परिवारलाई क्षतिपूर्ति दिन तीनै तहको सरकारले चासो नदेखाएपछि पीडित परिवार बिचल्लीमा परेको छ । स्थानीय आइतराज केरुङ्गको कच्ची घरमा लुकाएर राखिएको सामग्री खेलाउने क्रममा भदौ १३ गते विस्फोट भएको थिय…