ईपिएस कोरिया शाखा

आठ हजारबढी कोरिया जाने अन्तिम तयारीमा

दक्षिण कोरियामा उत्पादनमूलक क्षेत्रतर्फ रोजगारीका लागि जान लिइएको दोस्रो चरणको सीप तथा योग्यता परीक्षण परीक्षाको नतिजा सार्वजनिक भएको छ । वैदेशिक रोजगार विभागअन्तर्गत ईपिएस कोरिया शाखाले आज नतिजा प्रकाशित गरेको छ ।   शाखाका अनुसार आठ हजार ९३२ जनाले परीक्षा दिएकोमा आठ हजार १५१ जना उत्तीर्ण भएका छन् । ‘सीप परीक्षणमा आठ हजार ९३२ जना सहभागी भई उक्त टेस्टमा आठ हजार १५१ जना उत्तीर्ण भएको जानकारी एचआरडी सर्भिस अफ कोरियाबाट मिति २०८१–०६–०३ मा प्राप्त भ…