पशुपति धर्मशाला

मारवाडीले हडपेको धर्मशाला खालि नगर्न सरकारको निर्देशन

मारवाडीहरुले हडपेको गौशालास्थित पशुपति धर्मशाला खालि गर्ने कार्य तत्काल रोक्न सरकारले निर्देशन दिएको छ ।  संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले पशुपति क्षेत्र विकास कोषलाई पत्र लेखेर धर्मशाला खाली गर्ने कार्य अर्को निर्णय नभएसम्मका लागि रोक लगाउन भनेको हो ।  धर्मशाला खालि गराउने विषय विवादमा परेको र त्यसले पशुपतिनाथको पवित्र क्षेत्रको शान्ति सुरक्षामा समस्या उत्पन्न गरेको जनाउँदै मन्त्रालयले यसबारे छलफल गर्न कात्तिक ४ गते परिषद् बैठक पनि डाकेको छ । त्यतिन्जे…