चीन–भारत

चीन–भारत सम्बन्धमा थपियो तिक्तता, एक चीन नीतिको पालना गर्न आग्रह

ताइवानलाई मुम्बईमा वाणिज्य दूतावास खोल्न अनुमति दिएपछि चीन र भारतबीचको सम्बन्धमा नयाँ तनाव थपिएको छ । भारतको चेन्नई र नयाँ दिल्लीपछि मुम्बईमा ताइवानको तेस्रो वाणिज्य दूतावास खोलिएको छ । उता चीनले ताइवानका मुद्दाहरूमा सावधानी अपनाउन भारतलाई आग्रह गरेको छ । आज बेइजिङमा आयोजित पत्रकार सम्मेलनमा विदेश मन्त्रालयका प्रवक्ता माओ निङले ताइवानसँग आधिकारिक सम्पर्कमा संलग्न हुने कुनैपनि मुलुकले चालेको कदमप्रति चीनको विरोध रहने जानकारी दिएकी छन् । ताइवानसम्बन्धी मुद्दाहरूलाई स…