जिल्ला अदालत कास्की

पहिले रवि, त्यसपछि क्रमशः अरुलाई पक्रने प्रहरीको तयारी

जिल्ला अदालत कास्कीले आज जारी गरेको पक्राउ पुर्जीमा रास्वपा सभापति तथा पूर्व उपप्रधान एवम् गृहमन्त्री रवि लामिछानेसहित अरु एक दर्जनको नाम उल्लेख छ । रविलाई पक्राउ गर्न प्रहरीको सिआईबी टोली रास्वपा कार्यालय, बनस्थली पुगेको छ । सहकारी ठगीमा अनुसन्धानका लागि आज अदालतले जारी गरेको पक्राउ पुर्जीमा लामिछानेसहित विशाल तामाङ, नवीन अछामी, रविना रिमाल, असरफ अली सिद्दिकी र दीपक लामाको नाम उल्लेख छ ।  त्यसैगरी अनन्त बाबु राई, रामबहादुर खनाल, देवेन्द्रबाबु राई, विज्ञान राई, …