मोटरेबल पुल
जनार्दन र शक्तिलाई गिज्याउने पुल
रुकुम र जाजरकोट जिल्लाबाट दुई जना केन्द्रीय राजनीतिमा शक्तिशाली नेता छन् । उनीहरू हुन् माओवादीका जनार्दन शर्मा र शक्ति बस्नेत । यी दुबै जना पटक–पटक मन्त्री पनि भइसकेका छन् । तर, यस्ता शक्तिशाली नेता रहेको जिल्लामा मध्यपहाडी लोकमार्गको पुल एक दशकदेखि अलपत्र छ । जुन राष्ट्रिय गौरवको आयोजनामा पर्ने रुकुम चौरजहारी र जाजरकोट जोड्ने मोटरेबल पुल हो । पुल निर्माण २०७२ सालमा थालिए पनि अझै सम्पन्न हुन सकेको छैन । केही वर्षअघि करिब १५ प्रतिशत काम भए पनि ६ वर्षयता कुनै प्रगति छ…