लिलाबल्लभ अधिकारी
मानव तस्करीका आरोपित एमाले सांसदविरुद्ध मुद्दा नचल्ने
मानव तस्करीको आरोपमा पक्राउ परेका कोशी प्रदेशका निवर्तमान कानुनमन्त्री लिलाबल्लभ अधिकारीविरुद्ध मुद्धा नचल्ने भएको छ । सरकारी वकिलको कार्यालय काठमाडौँले मुद्धा नचलाउने निर्णय गरेको हो । केही व्यक्तिलाई मन्त्रालयको नक्कली परिचय पत्र बनाइदिएर अवैध रुपमा जापान पुर्याउन खोजेको आरोपमा अधिकारी कात्तिक २५ गते विराटनगरबाट पक्राउ परेका थिए । यद्यपि आरोप अस्वीकार गर्दै आएका उनले गौतम थरका एक व्यक्तिलाई पासपोर्ट बुझाएको र उसैले जापान भ्रमणको चाँजोपाजो मिलाएको दावी गर्दै आएका छ…