नेपाल चलचित्र संघ
फिल्म प्रदर्शकसँग एमजी माग्ने वितरकमाथि कारवाहीको चेतावनी
फिल्म हल सञ्चालकको छाता संस्था नेपाल चलचित्र संघले मिनिमम ग्यारेन्टी (एमजी) र फिक्स मागिएकोप्रति प्रदर्शकहरुको ध्यानाकर्षण गराएको छ । केही वितरकले चलचित्र वितरण गर्दा प्रदर्शकसँग अव्यवहारिक एमजी र फिक्स मागेको गुनासो आएको भन्दै संघले तत्काल त्यस्तो कार्य बन्द गर्न भनेको हो । अन्यथा, सोविरुद्ध कदम चाल्ने र वितरक संस्था स्वयं जिम्मेवार हुनुपर्ने संघद्धारा आज जारी विज्ञप्तिमा उल्लेख छ । ‘अहिले केही वितरक सदस्यहरुले चलचित्र वितरण गर्दा चलचित्र प्रदर्शकहरुसँग अव्यवहारि…