राष्ट्रिय सहकारी बैंक
सहकारी संकटमा साझेदारको साँठगाँठ
सहकारी क्षेत्रका अनेक विकृतिहरु पोखिँदै गर्दा सत्तारुढ पार्टी नेकपा एमालेका धेरैभन्दा धेरै कार्यकर्ताको संलग्नता रहेको राष्ट्रिय सहकारी बैंकभित्र पनि शंकाको आगो सल्किएको छ । आर्थिक वर्ष २०८०/०८१ को साधारणसभा सम्मुख बैंकको नोक्सान बढेको विषय र नोक्सान छल्न लागेका सिइओदेखि लेखापरीक्षक र लेखा समितिमाथि पनि प्रश्न उठ्ने भएको छ । झण्डै २ अर्ब नोक्सान व्यहोरेको सहकारी बैंकले यो वित्तीय विवरण पनि तथ्य लुकाएर बनाएको विशेषज्ञहरुले बताएका छन् । क्षेत्रको एकमात्र बैंक भनेर चिन्ने ग…