एअर इण्डिया

मन्त्रीको चर्चामा उपमहानिर्देशकको आगमन

बिमस्टेकको कृषि मन्त्रीस्तरीय तेस्रो बैठकमा भाग लिन भारतीय प्रतिनिधिमण्डल काठमाडौं आएको छ । मन्त्रीको सट्टा भारतीय कृषि अनुसन्धान परिषदका उपमहानिर्देशक डा. डिके यादव नेतृत्वको टोली एअर इण्डियाको उडानमा दिउँसो २ बजे आइपुगेको छ । सोही परिषदका वैज्ञानिक डा. एके मिश्र, कृषि विभागकी उपसचिव गायत्री पिभी र अर्का उपसचिव कुमार सामुएल प्रवीण टोली सदस्य छन् ।