झलनाथ खनाल पनि मीटरब्याज पीडितहरुको आन्दोलनमा जाने
मीटरब्याज पीडितहरुको आन्दोलनमा विभिन्न राजनीतिक दलका नेताहरुले ऐक्यबद्धता जनाउन थालेका छन् ।
बर्दिबासदेखि हिँडेरै काठमाडौँ आएका मधेश प्रदेशका मीटरब्याज पीडितहरूले हिजोदेखि शुरु गरेको बिरोध प्रदर्शनमा सहभागी भएर नेताहरुले समर्थन र ऐक्यबद्धता जनाएका हुन् ।
जनमत पार्टीका अध्यक्ष सिके राउतले हिजै काठमाडौँको मातातीर्थ पुगेर उनीहरुलाई भेटेका थिए । त्यसक्रममा उनले पीडितहरुले उठाएको माग सम्बोधन गराउन आफूले सक्दो पहल गर्ने प्रतिबद्धता जनाएका थिए ।
राष्ट्रिय प्रज…