अदालतबाट भागेका अभियुक्त तीन घण्टामै समातिए

अदालतबाट भागेका अभियुक्त तीन घण्टामै समातिए

लागुऔषध मुद्दामा म्याद थपका लागि अदालत लगिएका एक अभियुक्त एकाएक फरार भए । त्यसरी फरार भएका अभियुक्तलाई प्रहरीले तीन घण्टामै पक्राउ गरेको छ ।

हिजो अपरान्ह साढे ५ बजे काठमाडौं जिल्ला अदालत परिसरबाट भागेका सप्तरी कचन गाउँपालिका–२ घर भई काठमाडौं तिलगंगा बस्दै आएका २८ वर्षीय अनिल ठाकुरलाई केही बेरमै पक्राउ गरिएको हो ।

प्रहरीका अनुसार उनी फरार भएपछि उपत्यकाका सबै प्रहरी युनिटमा खबर गरिएको थियो । अभियुक्त काठमाडौंबाट बाहिरिन सक्ने सबै नाकामा निगरानी बढाए पनि अन्ततः ठाकुरलाई शहरभित्रैबाट पक्राउ गरिएको हो ।

अनिललाई जिल्ला प्रहरी परिसरको विशेष प्रहरी इकाई र प्रहरी प्रभाग कोटेश्वरको संयुक्त टोलीले राति साढे ८ बजे कोटेश्वरस्थित आकाशे पुल नजिकैबाट नियन्त्रणमा लिइएको हो ।

टिप्पणीहरू