डा.बाबुरामको हिजो उपेन्द्रसँग वारपार,आज उपराष्ट्रपतिसामु प्रचण्डसँग मित्रमिलाप
बहुमत जुटाएर कार्यकारी अध्यक्ष बन्ने झण्डै तीन महिनादेखिको प्रयास असफल भएपछि सहमतिमै पार्टी छोड्ने निष्कर्षमा पुग्नुभएका सत्तारुढ जसपाका संघीय परिषद अध्यक्ष डा. बाबुराम भट्टराईले आज माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसँग गोप्य छलफल गर्नुभएको छ ।
केही समययता उपराष्ट्रपति नन्दकिशोर पुन पासाङलाई साक्षी राखेर लगातार छलफल गरिरहनु भएका प्रचण्ड र बाबुरामले आज पनि एक घण्टा कुराकानी गर्नुभएको हो । बिहान साढे १० बजे लैनचौरस्थित उपराष्ट्रपति निवास छिर्नुभएका दुई नेता साढे ११ बजे त्यहाँबाट निस्कनुभएको उपराष्ट्रपतिका स्वकीय सचिव सुकबहादुर रोका “शरद”ले बताए ।
पछिल्लो दुई हप्तामा उपराष्ट्रपति पुनलाई साक्षी राखेर प्रचण्ड र भट्टराईले योसहित तेस्रो पटक कुराकानी गर्नुभएको हो । जसपामा अध्यक्ष उपेन्द्रसँग अन्तरसंघर्ष चर्किंदै जाँदा समाजवादी केन्द्र निर्माणका लागि भट्टराई सक्रिय भएको र त्यसको तारतम्य उपराष्ट्रपति पुनले मिलाइरहनु भएको चर्चाका बीच आजको भेटलाई चासोका साथ हेरिएको छ ।
‘अशोकजी यतै रहने हुनुभयो,तर बाबुरामलाई उचालेर पार्टीलाई विभाजनको तहमा पुर्याउने मुख्य पात्र चै उहाँ नै हो’,एक नेताले भने, ‘एमाले हुँदादेखिको उहाँको अस्थिर र ढुलमुले चरित्र हो,अहिले पनि त्यहि देखियो ।’
यता,हिजो सिंहदरबारस्थित संसदीय दलको कार्यालयमा उपेन्द्र र भट्टराईबीच भएको तीन घण्टा लामो छलफलपछि हार्दिकतापूर्वक छुट्टिने सहमति बनेको जसपाका एक नेताले बताएका छन् । उनका अनुसार भट्टराईले पूर्वनयाँ शक्ति पार्टीका नेता/कार्यकर्ता जसपामा अन्तरघुलन हुन नसकेकाले छुट्टिने प्रस्ताव राखेकोमा उपेन्द्रले सहमति जनाएपछि आ-आफ्नो बाटो लाग्ने अवस्था बनेको हो ।
ती नेताका अनुसार कानुनीरुपमा पार्टी विभाजनको सबै सम्भावना समाप्त भएपछि बाध्यतावस भट्टराईले यस्तो बाटो लिनुभएको हो । जसपामा उपेन्द्र र डा. भट्टराईबीच विवाद चर्किनु र विभाजनसम्मको स्थिति निर्माण हुनुमा वरिष्ठ नेता अशोक राईको भूमिका पनि जिम्मेवार रहेको केही नेताहरुको बुझाइ छ । बाबुरामलाई उचालेर निर्णायक घडीमा उनलाई साथ् नदिई ‘घर न घाट’ बनाएको आरोप अशोक राईमाथि लागेको छ ।
‘अशोकजी यतै रहने हुनुभयो,तर बाबुरामलाई उचालेर पार्टीलाई विभाजनको तहमा पुर्याउने मुख्य पात्र चै उहाँ नै हो’,एक नेताले भने, ‘एमाले हुँदादेखिको उहाँको अस्थिर र ढुलमुले चरित्र हो,अहिले पनि त्यहि देखियो ।’
टिप्पणीहरू