श्रममन्त्रीद्वारा प्रधानमन्त्री रोजगार कार्यक्रमको मुक्तकण्ठले प्रशंसा
श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री शेरबहादुर कुँवरले प्रधानमन्त्री रोजगार कार्यक्रमले विपन्न वर्गको आर्थिक अवस्था सुधारमा सहयोग पुगेको बताउनु भएको छ ।
उहाँले आज धनगढीमा आयोजित प्रधानमन्त्री रोजगार कार्यक्रम कार्यान्वयन प्रक्रियामा सुधार सम्बन्धी अन्तरक्रिया कार्यक्रमलाई सम्बोधन गर्दै उक्त कार्यक्रमले विपन्न वर्गका नागरिकको आर्थिक अवस्था सुधारमा टेवा पुगेको बताउनु भएको हो ।
स्थानीय स्तरमा आवश्यकताको पहिचान गर्दै सोहीअनुसार कार्यक्रम कार्यान्वयन गर्दा लक्षित वर्गले त्यसबाट प्रत्यक्ष लाभ लिने उहाँको बुझाइ छ । देश विकासमा युवा जनशक्तिको अनिवार्य सहभागितामा जोड दिँखै दक्ष युवा जनशक्ती उत्पादन र तिनीहरुलाई स्वदेशमै रोजगारी सिर्जना गर्नेतर्फ सबै तहका सरकारको गम्भीर ध्यान जानुपर्ने उहाँले बताउनु भएको छ ।
कार्यक्रममा कैलालीका १३ र कञ्चनपुरका ९ पालिकाका प्रतिनिधि, २ जिल्ला समन्वय समितिका प्रमुख, उप प्रमुख, प्रमुख प्रशासकीय अधिकृतलगायत रोजगार संयोजकहरुको सहभागिता थियो ।
टिप्पणीहरू