कुपण्डोल पुलमुनि जम्मा भएर माइतीघर जाने निर्णय
काठमाडौं उपत्यकाका नदी किनारमा थप २० मिटर छोड्नुपर्ने मापदण्ड खारेजीका लागि सरोकारवालाहरु फेरि विरोध प्रदर्शनको तयारीमा जुटेका छन् ।
'गैरन्यायिक सडक तथा खोलानदी मापदण्ड पीडित संघर्ष समिति'ले भोलि माइतीघर मण्डलामा प्रदर्शन गर्न लागेको हो । बिहान ९ बजे कुपण्डोल पुलमुनि जम्मा भई थापाथली हुदैँ माइतीघर मण्डला पुगेर प्रदर्शन गर्ने समितिले जनाएको छ ।
प्रदर्शनलाई प्रभावकारी बनाउन आज सरोकारवालाहरुले छलफल गरेका छन् । काठमाडौँ महानगरपालिका-१३ कालिमाटीस्थित एफ-१० पार्टी भेन्युमा बसेको विशेष बैठकले सम्पूर्ण पीडितहरुलाई आ-आफ्नो परिवारका सदस्यसहित बिहान ९ बजे कुपण्डोल पुलमुनि जम्मा भई १० बजे माइतीघर पुग्न आग्रह गरेको छ ।
बैठकमा उपत्यका सडक विस्तार पीडित संघर्ष समितिका अध्यक्ष सुमन सायमी, सचिव रवीन्द्र कुमार श्रेष्ठ, कोषाध्यक्ष विद्या श्रेष्ठलगायतको उपस्थिति थियो ।
टिप्पणीहरू