शीतल निवासमा लोकतान्त्रिक गणतन्त्रको चर्चा
राष्ट्रपति रामचन्द्र पौडेलले शासकको कमजोरीका कारण लोकतन्त्रको मूल्य, मान्यता र पवित्रतालाई धुमिल पार्न नहुनेमा जोड दिनुभएको छ ।
शीतल निवासमा आज आयोजित 'नेपालका निधी' नामक पुस्तक विमोचन समारोहलाई सम्बोधन गर्दै उहाँले यस्तो विचार व्यक्त गर्नुभएको हो । संघीय लोकतान्त्रिक गणतन्त्रको लक्ष्य पूरा गर्न शासन व्यवस्थालाई पारदर्शी, जवाफदेही, न्यायपूर्ण बनाउनुपर्ने राष्ट्रपति पौडेलले बताउनुभयो ।
समावेशी र समृद्ध आधुनिक नेपाल बनाउने काममा सबै जुट्नुपर्ने आवश्यकता औल्याउँदै उहाँले पछाडि पारिएका क्षेत्र र वर्गको हित तथा नागरिकको जीवनस्तरमा सुधार गर्न सकेमात्रै लोकतान्त्रिक गणतन्त्रको औचित्य स्थापित हुने धारणा राख्नुभयो ।
नागरिकलाई यहि व्यवस्थामा भविष्य सुरक्षित छ भन्ने भरोसा जागृत गराउनु नै यो व्यवस्थाको वास्तविक लक्ष्य भएको राष्ट्रपति पौडेलको भनाई छ ।
टिप्पणीहरू