पाँच महिनापछि इजरायल लैजान तयार

पाँच महिनापछि इजरायल लैजान तयार

इजरायल सरकारले पाँच महिनापछि नेपाली कामदार लैजाने भएको छ । गत फागुनदेखि रोकिएको प्रक्रिया इजरायल सरकारले सुचारु गर्न लागेको हो ।

इजरायलले आगामी आइतबार र सोमबार एक सय जना नेपाली कामदार लैजाने वैदेशिक रोजगार विभागले जनाएको छ । ‘दीर्घकालीन स्याहार केन्द्रका लागि सम्झौता गरेका नेपाली सहायक कामदारमध्ये एक सय जना कामदारको भिसासहित राहदानी काठमाडौंस्थित इजरायल दूतावासको कन्सुलर विभागबाट प्राप्त भएकाले प्रस्थानको तयारी गर्नुहुन अनुरोध छ’, सूचनामा भनिएको छ ।

विभागले भिसा आएकाहरुलाई आफ्नो राहदानी बुझ्न, उडानअनुसार बनाइने भाइबर ग्रुपमा आफ्नो नाम समावेश गराउन र कोभिड १९ विरुद्धको खोप लगाएको विवरण पेश गर्न साउन भोलिसम्मको समय दिइएको छ ।

इजरायल जान ५९ हजार ९९० रुपैयाँ हवाईभाडा तोकिएको छ । प्रत्येक नेपाली कामदारले इजरायल उडान गर्नुपूर्व ७२ घण्टाभित्रको कोभिडको पीसीआर परीक्षण गर्नुपर्नेछ । परीक्षणमा नेगेटिभ रिपोर्ट आएको अवस्थामा मात्र इजराय जान पाइन्छ ।

टिप्पणीहरू