एसिड प्रहारको धम्की दिएका युट्युबर पक्राउ

एसिड प्रहारको धम्की दिएका युट्युबर पक्राउ

रमाइलोको निम्ति महिलालाई एसिड प्रहारको धम्की दिँदै भिडियो बनाउने युवक समातिएका छन् । नवलपरासीको हुप्सेकोट ३ का २६ वर्षीय प्रदीप भन्ने पूर्ण चन्द्र भुसाललाई प्रहरीले पक्रेको हो । उनलाई कावासोतीबाट नियन्त्रणमा लिइएको हो ।

भुसालले बदमास केटा नामक युट्युब च्यानल चलाउँदै आएका थिए । बाटोमा हिँडिरहेकी महिलालाई उनले साथमा भएको पैसा, मोबाइल, गरगहना दिनुस् नदिएमा एसिड हान्दिन्छु भन्दै भिडिओ बनाएका थिए ।

एसिड जस्तो संवेदनशील घातक पदार्थ प्रयोग गर्छु भनेर समाजमा नकारात्मक सन्देश फैलाउने भिडिओ बनाएको प्रहरीको भनाइ छ ।भुसाललाई विद्युतीय कारोबार ऐन, २०६३ अन्तर्गत मुद्दा दर्ता गरी अनुसन्धानको निम्ति जिल्ला अदालत काठमाडौंबाट आज सात दिनको म्याद थप गरिएको छ ।

टिप्पणीहरू