प्रचण्डकोमा वामदेव,सभामुखसामु पूर्व मुख्यसचिव

प्रचण्डकोमा वामदेव,सभामुखसामु पूर्व मुख्यसचिव

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई हिजो भूमि व्यवस्था,सहकारी तथा गरिवी निवारण मन्त्री शशी श्रेष्ठले बिहानै भेट गर्नुभएको छ । उहाँहरुबीच बिहान ७ बजेदेखि करिब ४५ मीनेट कुराकानी भएको मन्त्रीको निजी सचिवालयले पुष्टि गरेको छ ।

मन्त्री श्रेष्ठ निस्केपछि एकता राष्ट्रिय अभियान पार्टीका अध्यक्ष वामदेव गौतम पुग्नुभयो । उहाँहरुबीच करिब एक घण्टा छलफल भएको थियो ।

उता पछिल्लो समय लैनचौरस्थित सभामुख निवासमा पुग्नेहरुको संख्या पनि बढेकै छ । सभामुख अग्निप्रसाद सापकोटासँग हिजो पूर्व मुख्यसचिव लीलामणि पौडेलले भेट गर्नुभएको छ । चीनको लागि पूर्वराजदूत समेत रहनुभएका पौडेलले अघिल्लो साता पनि यसरी नै उहाँसङ्ग भेट गर्नुभएको थियो ।

हिजो दिउँसो डेढ घण्टा भएको भेटमा प्रतिनिधिसभा सचिव गोपालनाथ योगी, सभामुख सचिवालयका सागर केसीको पनि उपस्थिति थियो ।

हिजै सरकारले पूर्व मुख्यसचिव पौडेलको संयोजकत्वमा उच्चस्तरीय तलव सुविधा आयोग गठनको निर्णय गरेको छ । आयोगले ‘देशको आर्थिक अवस्था र खर्च वहनको क्षमताका आधारमा राष्ट्रसेवक कर्मचारी र श्रमिकहरुको न्यूनतम तलब,भत्ता, पारिश्रमिक र सुविधा पुनरावलोकननिम्ति आवश्यक अध्ययन गरी नेपाल सरकारलाई सिफारिस गर्ने कार्यादेश पाएको छ ।

टिप्पणीहरू