यस्ता छन् चोलेन्द्रलाई सोध्न लागिएका ४३ प्रश्न
निलम्बित प्रधानन्यायाधीश चोलेन्द्रसमशेर राणामाथि महाभियोग सिफारिस समितिले आज बयान लिएको छ । महाभियोगबारे अध्ययन गर्न गठित समितिले बिभिन्न ४३ वटा प्रश्न बनाएर राणासङ्ग बयान लिँदैछ ।
जसमध्ये आज चार वटा प्रश्नको उनले जवाफ दिएका छन् । राणाले प्रश्न नं. १ देखि ४ सम्म चार वटा प्रश्नको जवाफ दिएका राणालाई पाँचौ प्रश्न सोधिएको थियो । त्यसको जवाफ दिँदादिंदै समय सकिएपछि समितिले भोलि पनि बयानका लागि बोलाएको छ ।
बयानका लागि समितिले राणाको शारीरिक तथा मानसिक अवस्थादेखि उनको नैतिक आचरण, न्यायिक नेतृत्वका हिसाबमा उनले गरेका काम,उनीमाथि लागेका आरोपलगायतका विषयमा ४३ वटा प्रश्न बनाएको छ । पहिलो प्रश्न नै उनको शारीरिक तथा मानसिक अवस्थाबारे सोधिएको छ । ‘तपाईंको शारीरिक र मानसिक अवस्था कस्तो छ ? सोधिएका प्रश्नको जवाफ दिन सक्नुहुन्छ कि हुँदैन ? नियमित औषधि सेवन गर्नुहुन्छ कि हुँदैन ?’ एक नम्बर प्रश्न छ ।
दोस्रो प्रश्नमा उनलाई आफ्नो र पारिवारिक विवरण भन्न आग्रह गरिएको छ । तीन नम्बर प्रश्नमा महाभियोग प्रस्तावमा लागेका आरोपबारे प्रस्ट्याउन भनिएको छ । सर्वोच्च अदालत तथा न्यायपालिकाभित्र बिकृति,विसंगति, भ्रष्टाचार तथा बिचौलियाले प्रवेश पाएको र प्रभाव बढाउँदै लगेको आरोपबारे चौथो प्रश्न सोधिएको छ ।
ती प्रश्नको राणाले आज जवाफ दिएका छन् । बयानका क्रममा उनले आफूमाथि लागेका आरोपको सशक्त बचाउ गरेका थिए । आफूले कानुन बाहिर गएर कुनै पनि काम नगरेको दाबी गर्दै उनले महाअभियोग प्रस्तावको प्रक्रिया नै गलत भएको जिकिरसमेत गरे ।
यी हुन् समितिले चोलेन्द्रलाई सोध्ने ४३ प्रश्न:
[pdf-embedder url=”https://www.janaaastha.com/wp-content/uploads/2022/08/1-3.pdf” title=”1 (3)”]
टिप्पणीहरू