निर्वाचन आयोगको निर्णयप्रति एमालेनिकट पत्रकार आगो

निर्वाचन आयोगको निर्णयप्रति एमालेनिकट पत्रकार आगो

नेकपा एमालेको भ्रातृ संगठन प्रेस चौतारी नेपालले आसन्न निर्वाचनलक्षित निर्वाचन आयोगको पछिल्लो निर्णयको चर्को आलोचना गरेको छ । आयोगले प्रेस काउन्सिलको भूमिकालाई खुम्च्याएर सञ्चारमाध्यममा सम्प्रेषित समाचारको अनुगमन गर्न सुरक्षा निकाय सम्मिलित छुट्टै संयन्त्र बनाउन लागेको भन्दै रुष्ट भएको उसको दावी छ ।

चौतारी अध्यक्ष गणेश बस्नेतले आज विज्ञप्ति निकालेर आयोगको निर्णयप्रति आपत्ति जनाएका छन् । सामाजिक सञ्जालमा एमाले इतर पार्टी र नेताहरुको चर्को आलोचना गर्ने बस्नेतले सम्प्रेषित सामाग्रीको अनुगमन गर्न सुरक्षा निकायसमेत रहने छुट्टै संयन्त्र निर्माण गरिनु गलत हुने बताए ।

‘आगामी मंसिर ४ गते हुन गइरहेको प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनलाई लक्षित गरी निर्वाचन आयोगले गरेको पछिल्लो निर्णयप्रति प्रेस चौतारी नेपालको गम्भीर ध्यानाकर्षण भएको छ,’ विज्ञप्तिमा उल्लेख छ, ‘आयोगले प्रेस काउन्सिल नेपालको भूमिकालाई बाइपास गर्दै सञ्चार माध्यम र सामाजिक सञ्जालमा सम्प्रेषण भएका सामग्री अनुगमन गर्न नेपाली सेना,नेपाल प्रहरीको साइबर ब्युरोसमेत रहने गरी संयन्त्र निर्माण गरेर अत्यन्तै आपत्तिजनक काम गरेको प्रेस चौतारी नेपालको ठहर छ ।’

टिप्पणीहरू