वामदेवसङ्ग भोट माग्न पुगिन् पम्फा भुसाल

वामदेवसङ्ग भोट माग्न पुगिन् पम्फा भुसाल

माओवादी केन्द्रकी उपमहासचिव तथा ललितपुर क्षेत्र नम्बर ३ का उम्मेदवार पम्फा भुसालले नेकपा एकता राष्ट्रिय अभियानका संयोजक वामदेव गौतमलाई भेट्नुभएको छ । आज अपराह्न भैँसेपाटीस्थित गौतम निवास पुगेर भुसालले चुनावी भेटघाट गर्नुभएको हो ।

एमाले विभाजनपछि कतै नलागी वाम एकताको पक्षमा उभिनुभएका गौतम चुनावका बेला भने निस्क्रिय रहनुभएको छ । यसैबीच उर्जामन्त्रीसमेत रहनुभएकी भुसाल चुनावमा सघाउन आग्रह गर्दै गौतम निवास पुग्नुभएको बुझिएको छ ।

सत्तारुढ गठबन्धनबाट उम्मेदवार रहनुभएकी उहाँले २०६४ र २०७४ सालको निर्वाचनमा सोही क्षेत्रबाट जित्नुभएको थियो । गौतमको घर ललितपुर-३ मै पर्छ ।

टिप्पणीहरू