सुनाकोठीमा खुकुरी प्रहार, एक जनाको ज्यान गयो
ललितपुरको सुनाकोठीमा भएको घरायसी विवादमा एक जनाको ज्यान गएको छ । विवादमा खुकुरी प्रहारबाट एक जनाको हत्या गरिएको छ ।
खोटाङको साकेला गाउँपालिका–१ घर भइ हाल सुनाकोठीमा बस्दै आएका ३८ वर्षीय रामचन्द्र राईमाथि गएराति खुकुरी प्रहार गरिएको हो ।
मनपरी बोलेको भन्दै स्थानीय ४१ वर्षीय राजेन्द्र राई र रामचन्द्रबीच विवाद भएको प्रहरीले जनाएको छ । त्यसपछि आवेगमा आई राजेन्द्रले रामचन्द्रको टाउको, अनुहार र बायाँ हातमा खुकुर प्रहार गरेपछि उनी मारिएका हुन् ।
राजेन्द्रलाई नियन्त्रणमा लिएर आवश्यक अनुसन्धान भइरहेको प्रहरीले बताएको छ ।
टिप्पणीहरू