हिमानी शाहको घाँटीमा समस्या, पूर्वराजा र पारस शाह भेटका लागि छुट्टा छुट्टै समयमा अस्पतालमा

हिमानी शाहको घाँटीमा समस्या, पूर्वराजा र पारस शाह भेटका लागि छुट्टा छुट्टै समयमा अस्पतालमा

पूर्व युवराज्ञी हिमानी शाहको टन्सिलको अपरेसन गरिएको छ । हिजो दिउँसो अस्पताल भर्ना भएपछि शाहको आज अपरेसन गरिएको बताइएको छ ।

उहाँ हिजो दिउँसो २ बजे ललितपुरको मेडिसिटी अस्पतालमा भर्ना हुनुभएको हो । बेड नम्बर ६७६ मा रहनुभएकी शाहलाई बेड रेष्टको लागि आज पनि त्यहिँ राखिएको अस्पताल स्रोतलेब बताएको छ ।

उहाँको घाँटीमा लामो समयदेखि समस्या रहेको र उक्त समस्या टन्सिल बिग्रेको कारण भएको चिकित्सकहरुले बताएपछि अपरेसन गरिएको बुझिएको छ ।

शाहलाई भेट्न आज बिहान पूर्वराजा तथा उहाँका ससुरा ज्ञानेन्द्र शाह र दिउँसो उहाँका पति तथा पूर्वयुवराज पारस शाह अस्पतालको उक्त बेडमा पुग्नुभएको हो । पूर्वराजा ज्ञानेन्द्र बिहान ८ बजे त्यहाँ पुगेर दिउँसो अपरेसन सकिएपछि १ बजे निर्मल निवास फर्कनुभएको बताइन्छ ।

पूर्वराजा ज्ञानेन्द्र फर्केको १५ मीनेटपछि पारस अस्पताल पुगेका हुन् । उनी मुश्किलले १५ मीनेट बसेपछि त्यहाँबाट बाहिरिएको अस्पतालका एक जना अधिकारीलाई उद्धृत गर्दै स्रोतले बतायो ।

टिप्पणीहरू