सकियो नेपाल-भारत संयुक्त सैन्य अभ्यास

सकियो नेपाल-भारत संयुक्त सैन्य अभ्यास

भारतको उत्तराखण्ड राज्यस्थित पिथौरागढमा भारत र नेपालका सैनिकहरुले संयुक्त सैन्य अभ्यास गरेका छन् । दुई देशका सैन्य अधिकारीहरू सम्मिलित १२ दिने सैन्य अभ्यासको आज एक कार्यक्रमका बीच समापन गरिएको छ । असोज ४ गतेबाट सन्चालित इण्डो-नेपाल बटालियन लेभल कम्बाईण्ड ट्रेनिङ आज औपचारिक रुपमा सम्पन्न भएको नेपाली सेनाले जनाएको छ ।

संयुक्त सैन्य अभ्यासका क्रममा विभिन्‍न सैनिक युद्धकला,मानवीय सहायता र विपद्,लगायतका सीप आदानप्रदानमा केन्द्रित रहेको सैनिक जनसम्पर्क निर्देशनालयले जनाएको छ । त्यस्तै, कोभिड-१९ जस्ता महामारीको दौरान सुरक्षा फौजको भूमिकाका बारेमा समेत अभ्यास भएको बताइएको छ ।
उक्त अभ्यासमा नेपाली सेनाबाट प्रमुख सेनानीको नेतृत्वमा तीन सय र भारतीय सेनाका चार सय सैनिकहरु सहभागी रहेको जनाइएको छ । तालिमको समापन भारतीय सेनाको मध्य कमाण्ड सेनापति एस.एस. महलले गरेका थिए ।

समापान समारोहमा नेपाली सेनाको मध्य कमाण्ड हेडक्वाटर,पोखराका कमाण्ड सेनापति उपरथी विनयबिक्रम राणा, नं.३ बाहिनी अड्‍डाका बाहिनीपति सहायक रथी कुमारबाबु थापा, दुवै देशका सैनिक सहचारीहरु तथा भारतीय सेनाबाट सहभागी गणका कमाण्डिङ्ग अफिसर कोल नितिनकुमार कलदान्तेको उपस्थिति रहेको थियो ।संयुक्त सैनिक अभ्यासले दुई देशबीच कायम रहेको मैत्रीपूर्ण पारस्परिक सम्बन्धलाई अझ बढी प्रगाढ बनाउनुका साथै आधारभूत सैनिक सीपको विकास तथा आपसी समझदारीमा अभिबृध्दि हुने नेपाली सेनाले विश्वास लिएको छ ।

टिप्पणीहरू