महामारीबाट तंग्रिँदै भारतीय पर्यटकीय गन्तव्य

महामारीबाट तंग्रिँदै भारतीय पर्यटकीय गन्तव्य

हिमाचल प्रदेशको पहाडी जिल्ला कुल्लू । जहाँ हिउँ र वर्षाले देश तथा विदेशका पर्यटक तानिन्छन् ।

जाडो मौसम र वर्षाद्को समयमा देशका विभिन्न ठाउँबाट हजारौँ आन्तरिक पर्यटक पुग्छन् । तर, यसपल्ट भने कुल्लू अन्यत्र झैँ महामारीले थलिएको छ ।

शिमला, कुफरी र कुल्लूलगायत स्थानको दृश्य मनमोहक थियो । जनवरीको भारी हिमपातले कतिपयको जनजीवन कष्टकर बनेको छ ।

मौसम विभागले ‘हिउँ पर्ने’ वा वर्षाद् हुने पूर्वानुमानको जानकारी दिएसँगै हिमाचलको पहाडी मार्गमा लस्करै यात्रारत देखिन्छन्, आन्तरिक पर्यटक ।

कुल्लू मनालीका होटल तथा कपडा व्यापारीहरूको अनुहारमा सबैभन्दा बढी रौनक हिउँ परेको समयमा झल्किन्छ । पर्यटकहरू ह्वात्तै बढ्छन् र स्थानीय व्यापारीले राम्रो आम्दानी गर्छन् ।

हिउँ परेसँगै होटलबाट व्यवसायीहरूले मनग्ये पैसा कमाएको होटल स्टेशन मनालीका अध्यक्ष अनुप ठाकुरले बताएका छन् । उनले भने, ‘अघिल्लो साल होटेल व्यवसाय राम्रो भएन । पर्यटक नै आएनन् । आशा गरौँ यो साल राम्रो हुनेछ ।’

अघिल्लो वर्ष जस्तो पटक्कै छैन, कुल्लू । यहाँको बजार क्षेत्र मात्रै होइन, गाउँमा सुनसान छ । कोरोना त्रासले हिमाचलका प्रायः पर्यटकीयस्थल लामो समयदेखि बन्द छन् ।

देश तथा विदेशबाट घुमफिरको लागि पुग्ने जो–कोही पर्यटक पनि कुल्लूको दृश्यले मोहित हुने स्थानीयहरू बताउँछन् ।

टिप्पणीहरू