कालीकोटमा १८ हजार मतदाता थपिए

कालीकोटमा १८ हजार मतदाता थपिए

कालीकोटमा १८ हजार बढी मतदाता थपिएका छन् । जिल्ला निर्वाचन कार्यालयका अनुसार जिल्लामा १८ हजार १ सय १५ मतदाता थपिएका हुन् ।

गत ०७४ को स्थानीय तहको निर्वाचनमा ६४ हजार ९ सय ६१ मतदाता रहेका थिए । हाल जिल्लाको मतदाता सङ्ख्या थपिएर ८३ हजार ७६ पुगेको छ । जिल्लाका नौ स्थानीय तहमध्ये सबैभन्दा बढी मतदाता नरहरिनाथ गाउँपालिकामा १२ हजार ८ सय १७ रहेका छन् ।त्यस्तै, सबैभन्दा कम महावै गाउँपालिकामा पाँच हजार ५ सय ४८ रहेको कार्यालयले जनाएको छ ।

खाँडाचक्र नगरपालिकामा ११ हजार ५ सय ७७, रास्कोट नगरपालिकामा १० हजार ५ सय ३६ र तिलागुफा नगरपालिकामा १० हजार २६, पलाँता गाउँपालिकामा आठ हजार १ सय ७७, पचालझरना गाउँपालिकामा सात हजार ५ सय ४, शुभकालिका गाउँपालिका नौ हजार २८ र सान्नी त्रिवेणी गाउँपालिकामा सात हजार १ सय ९३ मतदाता रहेका छन् ।

८३ हजार ७६ मतदातामध्ये ४३ हजार १ सय ३८ पुरुष र ३९ हजार ९ सय ३८ महिला मतदाता रहेको कार्यालयले जनाएको छ ।

टिप्पणीहरू