राष्ट्रिय सभामा राष्ट्रपतिबाट को मनोनीत हुँदै ?
राष्ट्रिय सभामा रिक्त एक जना मनोनीत सदस्यको निम्ति सरकारले कसको नाम सिफारिस गर्ला ? आम कौतुहलवीच एउटा नामउपर ठूलो गृहकार्य भैरहेको बुझिएको छ । यसअघि ओली सरकारको सिफारिसबमोजिम राष्ट्रपतिले ठूला पार्टीको प्रतिनिधित्व हुनेगरी डा. युवराज खतिवडा, विमला पाैडेल राइ र रामनारायण बिडारीलाई मनोनीत गर्नुभएको थियो ।
बिडारीले ४ वर्षे कार्यकाल पूरा गरेपछि अहिले एक जना सदस्य रिक्त छ । उक्त पदमा प्रधानमन्त्रीको जोडबलबाट वरिष्ठ कलाकार तथा नेपाल टेलिभिजनका सँस्थापक महाप्रबन्धक नीर शाहलाई मनोनयन सिफारिस गर्न लागिएको उच्च स्रोतले बताएको छ ।
खतिवडा दुइ वर्षे कार्यकाल र पाैडेल छ वर्षकाे कार्यकालमा पर्नुभएकाे हाे ।
शाह पञ्चायती पृष्ठभूमिका हुन् । सत्ता गठबन्धन दलका नेताहरुलाई समेत प्रधानमन्त्रीले त्यसबारे जानकारी गराएको बुझिएको छ ।
टिप्पणीहरू